
जापानमा राम्रो काममा पठाइदिन्छु भन्दै ठगि गर्ने युवती पक्राउ परेकी छन् । वैदेशिक रोजगारको लागि जापानमा पठाउने भन्दै विभिन्न व्यक्तिहरुसँग १ करोड २३ लाख रुपैयाँ ठगी गर्ने बाँकेको बैजनाथ गाउँपालिका-५, की २३ वर्षीया तिर्सना बाठा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
तिर्सनाले वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरि तीन महिनादेखि सम्पर्क बिहिन भएकि थिइन् । पीडितले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार पक्राउ गरेको बताइएको छ ।
उनले वर्किङ भिसामा जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिहरुसंग रकम लिएर तीन महिनादेखि सम्पर्क बिहिन बनेपछि पीडितको उजुरीको आधारमा प्रहरीले खोजि गरेको थियो । अहिले पक्राउ परेपछि उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।