
पछिल्लो समय नेपाली बजारमा सुनको भाउ आकासिएको छ । यसअघि कतिक १५ गते तोलाको १ लाख ७१ हजार पुगेको सुनको मूल्यमा सरकारले भन्सार दर घटाएपछी एकैदिन १५ हजार ९ सयले सुनको मूल्य घटेको थियो ।
मंसिर १० गते भन्सार दर घटेपछि छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । त्यसपछि घटबढ भईरहेको सुनको मूल्य फेरी बढेर झन्डै तोलाको झन्डै १ लाख ७० हजार हाराहारीमा पुगेको छ ।
आज नेपाली बजारमा सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेर १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ भने अघिल्लो १९६० रुपैयाँ रहेको चाँदी आज १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।