Advertisement Banner
Advertisement Banner

२९ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

ध्वनि प्रदूषण गर्नेलाई कारबाही

२८ सोमबार , माघ २०८१९ महिना अगाडि

ध्वनि प्रदूषण गर्नेलाई कारबाही

पोखरा महानगरपालिकाले ध्वनि प्रदूषण गर्नेलाई कारबाही गर्ने भएको छ । केही समययता महानगर क्षेत्रभित्र ध्वनि प्रदूषण हुने गरी प्रचारप्रसार तथा माइकिङलगायत गतिविधि भइरहेकोप्रति ध्यानाकर्षण जनाउँदै कारबाहीको चेतावनी दिइएको हो ।

महानगरले सूचना जारी गर्दै अत्यावश्यक र सार्वजनिक महत्त्वका विषयबाहेक नगरबासीको जनजीवनमा प्रभाव पर्ने गरी चर्को स्वरमा ध्वनि प्रदूषण हुने खालका गतिविधि नगर्न भनेको छ ।

‘पोखरा महानगरपालिका क्षेत्रमा पछिल्लो समय ध्वनि प्रदूषण हुने गरी प्रचारप्रसार तथा माइकिङ लगायतका गतिविधिहरु भइरहेको भन्ने जनगुनासो प्राप्त हुन आएकाले यस सम्बन्धमा महानगरको ध्यानाकर्षण भएको छ,’ सूचनामा उल्लेख छ, ‘अत्यावश्यक र जरुरी सार्वजनिक महत्वको विषयमा बाहेक नगरबासीहरूको जनजीवनमा प्रभाव पर्ने गरी चर्को स्वरमा ध्वनि प्रदूषण हुने खालका कुनै पनि प्रकारको गतिविधि नगर्न, नगराउन महानगर सम्बन्धित सबैमा अनुरोध गर्दछ ।’

सूचनाको अवज्ञा गरेर ध्वनि प्रदूषण हुने कुनै पनि प्रकारका अवाञ्छित क्रियाकलाप गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने महानगरको चेतावनी छ ।