Advertisement Banner
Advertisement Banner

०१ बुधबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

पत्रकार महासंघ बझाङका अध्यक्ष माथि आक्रमण

२९ मंगलबार , माघ २०८१५ महिना अगाडि

पत्रकार महासंघ बझाङका अध्यक्ष माथि आक्रमण

नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष ललित सिंह माथि आक्रमण भएको छ । गएराति बझाङ जिल्लाकाे सदरमुकाम चैनपुर नजिक रहेको देविस्थान होटलमा आक्रमणभएकाे हाे ।  

विनोद कठायतको समूहले सिंहमाथि आक्रमण गरेको बताइएको छ । विनोद कठायतको समूहले सिंहमाथि चक्कु प्रहार गर्दा सिंहको आँखाकाे माथिल्लो भागमा गम्भीर चोट लागेको बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जनाएका छन् ।

घटना पछि घाइते सिंहलाई तत्कालै जिल्ला अस्पताल बझाङमा उपचारका लागि लगिएको बताइएकाे छ । घाइते महासंघका अध्यक्ष सिंहले होटलमा बोलाएर समूहले आफूमाथि चक्कु प्रहार गरेको बताएका छन् ।

प्रहरी निरीक्षक ठगुन्नाका अनुसार घटनामा संलग्न तीन जना—२९ वर्षीय विनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताइएकाे छ ।