
नेकपा माओवादी केन्द्रनिकट नेपाली जनप्रगतिशील मञ्च युएईकाे उम अल क्वीन क्षेत्रीय समिति गठन गरिएको छ । युएईमा रहेका नेपाली श्रमिकको हकअधिकारका निम्ति काम गर्दै आएको मञ्चले प्युठानका टोपेन्द्र पोखरेलको अध्यक्षतामा १७ सदस्यीय उम अल क्वीन क्षेत्रीय कमिटी गठन गरेको हो ।
हिजो केन्द्रीय अध्यक्ष लक्ष्मण खनाल र शारजाह क्षेत्रीय कमिटी अध्यक्ष बेल विश्वकर्माको विशेष आतिथ्यामा सम्पन्न भेलाले सर्वसम्मत पदाधिकारीहरु चयन गर्दै कमिटी गठन गरेको बताइएको छ । भेलाले पोखरेललाई कमिटी अध्यक्ष चयन गर्दै उपाध्यक्षमा दलबहादुर पुन, सचिवमा निमाङ सिंह केसी र कोषाध्यक्षमा इन्द्र आचार्य छनौट गरेको थियाे ।
त्यस्तै, सदस्यमा कृष्ण सुवेदी, विमल गुरुङ, यम गुरुङ, राजन विक, सन्तोष राई, मोहन पाइजा, सुरेन्द्र तामाङ, रामचन्द्र सुवेदी, होमबहादुर परियार, विरबल गिरी, हिमाल न्यौपाने, धन सारु मगर र सन्तोष गुरुङ सदस्यमा चयन भएका छन् ।