
काठमाडौंको कमलपोखरीमा माघ २४ गते ग्यास सिलिन्डर विस्फोट हुँदा १४ जना घाइते भएका मध्ये दुई जना कामदारको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा दुई जना कामदारको मृत्यु भएको हो ।
कमलपोखरीस्थित शानदार मःम पसलको ग्यास सिलिन्डर विस्फोटमा परि घाईते भएका कामदारहरु रबिन राई र भिमबहादुर घलेको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराकाअनुसार राईको सोमबार र घलेको मंगलबार मृत्यु भएको हो ।
माघ २४ गते बिहीबार बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा १४ जना घाइते भएका थिए । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको थियो ।