Advertisement Banner
Advertisement Banner

०१ बुधबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

नेपाल भ्रष्ट्राचार सूचकाङ्कको १०७औं स्थानमा

२९ मंगलबार , माघ २०८१५ महिना अगाडि

नेपाल भ्रष्ट्राचार सूचकाङ्कको १०७औं स्थानमा

व्यापक भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा रहेको नेपालको यो वर्ष पनि एक स्थान खस्किएको छ । गत वर्ष ३५ अंक पाएको नेपालले १०० मा ३४ अंक पाएर १०७औं स्थानमा रहेको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)-२०२४ मा नेपालले झिनो सुधार गरेको थियो । धेरै भ्रष्टाचार हुने देशहरुमा पर्ने नेपाल यसअघि १०८ औं स्थानमा थियो ।

भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपालले गत वर्षको तुलनामा एक अंक कम पाएको छ । गत वर्ष ३५ अंक पाएको नेपालले यसपटक ३४ अंक पाएको हो । एक अंक कम ल्याएर  गत वर्ष १०८औं स्थानमा रहेको नेपाल यसपाली १०७औं स्थापनमा पुगेको हो ।