Advertisement Banner
Advertisement Banner

२९ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

सुक्खा पहिरोका कारण चार दिनदेखि सडक अवरुद्ध

३० बुधबार , माघ २०८१९ महिना अगाडि

सुक्खा पहिरोका कारण चार दिनदेखि सडक अवरुद्ध

हुम्लामा सुक्खा पहिरोका कारण चार दिनदेखि सडक अवरुद्ध भएको छ । सुक्खा पहिरोका कारण जिल्लाको दक्षिण भेग सर्केगाड गाउँपालिका–१, अन्तर्गतको कर्णाली करिडोरको खच्चा सडक चार दिनदेखि अवरुद्ध भएको हो ।

गत आइतबार बिहानदेखि सुक्खा पहिरो खसेर अवरुद्ध भएको उक्त सडक अझै सञ्चालन नभएको स्थानीयले बताएका छन् । सुक्खा पहिरोका कारण चार दिनदेखि सडक अवरुद्ध भएपछि स्थानीय पैदल यात्रा गर्न बाध्य भएको बताइएको छ ।

प्रहरीका अनुसार अहिले चार दिनदेखि अवरुद्ध कर्णाली करिडोरको खच्चा सडकको पहिरो पन्छाएर बाटो खोल्ने प्रयास भईरहेको बताइएको छ ।