Advertisement Banner
Advertisement Banner

०४ शनिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

महासंघद्वारा विराेधका कार्यक्रमहरु सार्वजनिक

०१ बिहिबार , फाल्गुण २०८१३ महिना अगाडि

महासंघद्वारा विराेधका कार्यक्रमहरु सार्वजनिक

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पत्रकार सम्मेलन गर्दै बिरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ । महासंघले काठमाडौंमा हिँजाे माघ ३० गते पत्रकार सम्मेलन गर्दै बिरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।

महासंघले बिरोधका कार्यक्रम अन्तर्गत आज फागुन १ गतेदेखि नेपाल आयल निगम लिमिटेडको केन्द्रिय कार्यालयमा धर्ना र प्रदर्शन गर्ने जनाएको छ । त्यसैगरि भाेलि फागुन २ गतेबाट पि.डि.ओ. नलिने र ५ गतेबाट सबै डिपोहरुमा ट्याङ्करको साँचो निगममा बुझाई ट्याङ्कर लोड/अनलोड नगराउने तर निगम स्वयंले सञ्चालन गर्न चोह ट्याङ्कर उपलब्ध गराउने जनाएकाे छ ।

यसअघि गत पुस २३ गते आयल निगम लगायत मन्त्रालयलाई पत्राचार गरी जानकारी गराए पनि सरकारले नसुनेको आरोप लगाउँदै महासंघका अध्यक्ष मनोजकुमार दासले विराेधकाे कार्यक्रम सार्वजनिक गरिएकाे बताएका छन् । पत्रकार सम्मेलनमा बाेल्दै अध्यक्ष दासले १७ पटकसम्म ज्ञापनपत्र बुझाउँदा पनि माग सम्बोधन नभएको र विशेष गरी ढुवानी भाडा समायोजन नगरेको आरोप लगाएका थिए ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जायज माग सम्बोधन गर्न निर्देशन दिँदा पनि सुनुवाई नभएको समेत अध्यक्ष दासकाे आराेप छ । उनले २०७३ साल पछि डिजार र अन्य सामान्य बाहेक मुख्य सञ्चालन खर्च एवं यथार्थ ट्रिप संख्याको आधारमा ढुवानी भाडा समायोजन नगरेको पनि बताएका छन् ।