Advertisement Banner
Advertisement Banner

०४ शनिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

विद्यार्थीलाई तातो पन्यूले डाम्ने शिक्षिका पक्राउ

०१ बिहिबार , फाल्गुण २०८१३ महिना अगाडि

विद्यार्थीलाई तातो पन्यूले डाम्ने शिक्षिका पक्राउ

विद्यार्थीको गालामा तातो पन्यूले डाम्ने शिक्षिका पक्राउ परेकी छन् । तनहुँ भिमाद नगरपालिका-६ शान्तिनगरस्थित एकेडेमी बोर्डिङ स्कुलकी शिक्षिका पक्राउ परेकी हुन् ।

प्रहरीले एकेडेमी बोर्डिङ स्कुलमा कक्षा ४ मा पढ्ने चार विद्यार्थीको गालामा पन्यूले डाम्ने लेखापाल एवम् शिक्षक ३४ वर्षीया सुस्मा श्रेष्ठलाई पक्राउ गरेकाे हो । उनलाई विद्यार्थीले जिस्क्याएको तथा हल्ला गरेको भन्दै चार विद्यार्थीको गालामा तातो पन्यूले डामेकाे बताइएकाे छ ।

शिक्षका सुस्मा साेहि विद्यालयका संस्थापक प्रिन्सिपल कृष्णदेव श्रेष्ठकी छोरी समेत हुन् । विद्यालय सञ्चालक तथा प्रिन्सिपलकै छोरीबाट भएको यस्तो अमानवीय कार्यको अभिभावक तथा विद्यार्थीले चर्को आलोचना गरेका छन् ।

शिक्षिकाद्वारा ताताे पन्यूले डामिएका विद्यार्थीहरू १० वर्ष उमेरका छन् । प्रिन्सिपल बुबा उपस्थित नभएकाे बेला विद्यालयकै ‘कमाण्ड’ सम्हालेकी शिक्षिकाले घरबाटै पन्यू ल्याई तताएर विद्यार्थीलाई डामेर यातना दिएपछि दिइएपछि अभिभावक मुर्छित बनेका छन् ।

प्रहरीले पक्राउ गरि अनुसन्धान गर्दा उक्त शिक्षिकाबाट अन्य दुई जनासमेत पीडित भएको खुल्न आएको तनहुँ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिएका छन् । श्रेष्ठलाई पक्राउ गरी बालबालिका बिरूद्धको कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाइएकाे छ ।