
शिक्षा तथा मानवस्रोत विकास केन्द्रले पाठ्यपुस्तक बापतको रकम निकासा गर्न निर्देशन दिएको छ । केन्द्रले देशभरका स्थानीय तहहरुलाई परिपत्र गर्दै उक्त निर्देशन दिएको हो । पाठ्यपुस्तक बापतको रकम माघ मसान्तभित्र निकासा हुनुपर्नेमा नभएको भन्दै केन्द्रले फागुन मसान्तभित्र निकासा गरिसक्न भनेको छ ।
‘शैक्षिक सत्र २०८२ का लागि कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक बापतको रकम विद्यालयको खातामा माघ मसान्तभित्र निकासा हुनुपर्नेमा सो रकम निकासा नभएको हुँदा फागुन मसान्तभित्र गर्नुहुन अनुरोध छ,’ परिपत्रमा उल्लेख छ । रकम निकासालगत्तै पाठ्यपुस्तक खरिद गरेर भुक्तानी गर्न पनि केन्द्रले आग्रह गरेको छ ।