
कक्षा १२ को वार्षिक परीक्षाकाे तालिका सार्वजनिक गरिएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेबाट परीक्षा सञ्चालन हुने जनाएकाे हाे ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा १२ को वार्षिक परीक्षा २०८२ साल वैशाख ११ गतेबाट सुरू भई वैशाख २४ गतेसम्म सञ्चालन हुने बताएकाे हाे । साधारण, परम्परागत तथा प्राविधिक धारका नियमित र आंशिक परीक्षार्थीहरूका लागि तय गरिएको यो परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिने बोर्डले जनाएको छ ।
त्यस्तै विद्यार्थीले परिक्षामा सहभागि हुँदा मोबाइल फोन, स्मार्ट घडीलगायत अन्य इलेक्ट्रोनिक्स डिभाईस लैजान नपाउने बताएकाे छ । त्यसैगरि कुनै विद्यार्थीको एकभन्दा बढी विषय एकै दिन परेको खण्डमा सूचना प्रकाशन भएको १५ दिनभित्र बोर्डका प्रदेश, शाखा कार्यालय वा परीक्षा नियन्त्रण कार्यालयलाई जानकारी गराउन समेत आग्रह गरिएको छ ।