Advertisement Banner
Advertisement Banner

०४ शनिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

गाउँपालिकाका अध्यक्षकाे गाडी तोडफोड

०२ शुक्रबार , फाल्गुण २०८१३ महिना अगाडि

गाउँपालिकाका अध्यक्षकाे गाडी तोडफोड

रूपन्देही जिल्लाकाे रोहिणी गाउँपालिकाकाे अध्यक्षले चढ्ने गाडी तोडफोड भएकाे छ । गएराती साढे ११ बजेतिर अज्ञात व्यक्तिले अध्यक्ष विद्याप्रसाद यादव चढ्ने गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ ।

रोहिणी गाउँपालिका–३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमा पार्किङमा राखिएको लु १ झ ३९५ नम्बरको सरकारी नम्बर प्लेटको गाडी तोडफोड गरिएको रुपन्देही प्रहरीले जनाएको छ । अज्ञात व्यक्तिको ढुङ्गा प्रहारबाट गाडीको अगाडिको सिसा चर्किएको छ भने दायाँ साइडको सिसा फुटेको बताइएकाे छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रञ्जित सिंह राठोरले गाडी तोडफोड गर्नेको खोजी भइरहेको जानकारी दिएका छन् ।