
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाए पनि पेट्रोलको मूल्य बढाएको छ । गएराति १२ बजेपछी लागू हुनेगरी पेट्रोलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ बढाइएको हो । डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर चार रुपैयाँ घटाइएको छ ।
मूल्य बढेसंगै काठमाडौं उपत्यका र वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पुगेकोको छ । यस्तै, डिजेल र मट्टीतेल प्रतिलिटर १५६ रुपैयाँ कायम गरिएको छ भने मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६५.४०, दोस्रो वर्गमा १६७ र तेस्रो वर्गमा १६८ रुपैयाँ कायम भएको छ ।
निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल तोकेको छ।
निगमले जारी गरेको विज्ञप्तिमा एलपी ग्यास र हवाई इन्धनको मूल्य घटबढबारे केहि उल्लेख गरेकाे छैन ।