Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

भारतमा रेल्वे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु

०४ आइतबार , फाल्गुण २०८१५ महिना अगाडि

भारतमा रेल्वे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु

भारतको नयाँ दिल्ली रेल्वे स्टेसनमा भएकाे भागदौडमा १८ जनाको मृत्यु भएको छ । भागदौडमा परि ११ महिला र ४ बालबालिकासहित १८ जनाको मृत्यु भएको हाे ।

प्रयागराजमा चलिरहेको महाकुम्भका लागि रेल चढ्ने यात्रु रहेको स्थानमा शनिबार राति भागदौड भएको बतइएकाे छ । उक्त भागदौड घटनामा एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

डीसीपी रेलवे केपीएस मल्होत्राका अनुसार घटना प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको जनाइएकाे छ । मल्होत्राका अनुसार दुईवटा रेल ढिलो भएको र धेरै मानिस जम्मा भएको समयमा उक्त दुर्घटना भएको थिये ।