Advertisement Banner
Advertisement Banner

०४ शनिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

घरजग्गा कारोबारबाट माघमा झण्डै चार अर्ब राजस्व संकलन

०४ आइतबार , फाल्गुण २०८१३ महिना अगाडि

घरजग्गा कारोबारबाट माघमा झण्डै चार अर्ब राजस्व संकलन

माघ महिनामा घरजग्गाकाे कारेबारबाट झण्डै ४ अर्ब राजस्व संकलन भएकाे छ । देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिए पनि पुस महिनाको तुलनामा माघमा भने राजस्व संकलनमा गिरावट आएको छ ।

घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार माघमा ३ अर्ब ८७ करोड २४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यसअघि पुस महिनामा ४ अर्ब २५ करोड २२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

२०८१ मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएकाे छ । चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार राजस्व संकलनमा सामान्य वृद्धि भएको बताइएकाे छ । गत आवको सोही अवधिको तुलनामा झण्डै १४ प्रतिशतले राजस्व वृद्धि भएको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार चालु आवको माघ मसान्तसम्म कुल २४ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा २१ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

काठमाडौँ उपत्यकाभित्रका विभिन्न नौवटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी राजस्व संकलन भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले गरेको छ । उक्त कार्यालयले ३३ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । 

त्यसैगरिडिल्लीबजार मालपोत कार्यालयले २६ करोड ९२ लाख, कलंकी मालपोतबाट २६ करोड १ लाख, मालपोत कार्यालय चाबहिलले २० करोड ८० लाख तथा भक्तपुर मालपोत कार्यालयले २४ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।