Advertisement Banner
Advertisement Banner

०४ शनिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर

०५ सोमबार , फाल्गुण २०८१३ महिना अगाडि

काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर

विश्वकै प्रदूषित सहर मध्ये काठमाडौं चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार काठमाडौं वायु प्रदूषण १७० एक्यूआई सहित चौथो वायु प्रदूषित सहर बनेको हो ।

५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ । तर, काठमाडौंको आज बिहान ७ बजेसम्म वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ भने उक्त मापन संगै काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर भएको हो ।

यता छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा रहेको बताइएको छ । २०१ एक्यूआईसहित दिल्ली विश्वै सबैभन्दा प्रदूषित सहर बनेको हो । त्यसैगरी दक्षिण यसियाली मुलुक बंगलादेशको ढाका दोस्रो नम्बरमा छ । आज बिहान ढाकाको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।

प्रदूषित सहरको तेस्रो नम्बरमा पाकिस्तानको लाहोर रहेको छ । लाहोरको वायु प्रदूषण १९० एक्यूआई मापन गरिएको छ ।