Advertisement Banner
Advertisement Banner

०४ शनिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

मनाङमा भूकम्पको धक्का

०५ सोमबार , फाल्गुण २०८१३ महिना अगाडि

मनाङमा भूकम्पको धक्का

हिमाली पारीको जिल्ला मनाङमा भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको भ्राका क्षेत्रमा बिहान ८ : २२ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । भ्राका केन्द्रबिन्दु रहेको भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस गरिएको जनाइएको छ ।

आज त्यस क्षेत्रमा गएको भूकम्पबाट जनधनको कुनै ठूलो क्षति भएको खबर नआए पनि भूकम्पको धक्कापछि स्थानीय त्रसित बनेका छन् । यसअघि पौष २३ गते चीनको तिब्बत केन्द्रविन्दू भएर गएको भूकम्पको धक्का चीनको तिब्बत, नेपाल, भुटान, भारत र बंगलादेशको उत्तरी भेगसम्म महशुस गरिएको थियो ।

त्यसैगरी आज  बिहान भारतको भारतको राजधानी नयाँ दिल्लीमा पनि ४ रेक्टर स्केलको भूकम्प गएको थियो । बिहान ५ बजेर ३६ मीनेटमा उक्त रेक्टर स्केलको भूकम्प गएको हो ।