Advertisement Banner
Advertisement Banner

०४ शनिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

जेल जाने बाबुराम र माधवको पालो ?

०६ मंगलबार , फाल्गुण २०८१३ महिना अगाडि

जेल जाने बाबुराम र माधवको पालो ?

ललिता निवासको जग्गा अपचलनमा जेल जाने पालो पूर्वप्रधानमन्त्री द्वय माधव नेपाल र बाबुराम भट्टराईको आएकै हो त ? ललिता निवास मुद्दाको सुनुवाइ पूर्ण इजलासमा जाने भएपछि यस्तो आशंका गर्न थालिएको छ । गत बिहीवार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले फैसला गर्न नसकेपछि यो मुद्दालाई पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो ।
अख्तियारले पूर्वप्रधानमन्त्रीहरूलाई मुद्दा चलाउन नपर्ने निर्णय गरेपछि अधिवक्ता अधिवक्ता बालकृष्ण न्यौपानेले नेपाल र भट्टराईलाई ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न रहेको दावीसहित उक्त निर्णय बदर गर्न २९ माघ २०७६ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।