Advertisement Banner
Advertisement Banner

०४ शनिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

छ महिनामा ३१ सय वढिले आत्महत्या गरे

०६ मंगलबार , फाल्गुण २०८१३ महिना अगाडि

छ महिनामा ३१ सय वढिले आत्महत्या गरे

नेपालमा चालु आर्थिक वर्षकाे ६ महिनामा ३१ सय वढिले आत्महत्या गरेका छन् । गृह मन्त्रालयका अनुसार चालु आर्थिक वर्षकाे ६ महिनामा ३ हजार १ सय ३४ जनाले आत्महत्या गरेका हुन् ।

गृह मन्त्रालयकाे तथ्यांक अनुसार विभिन्न कारण चालु आर्थिक वर्षकाे ६ महिनामा उक्त संख्यामा आत्महत्या गरेकाे बताइएकाे छ । गत वर्षको साेही अवधिमा ३ हजार ४ सय ५७ जनाले आत्महत्या गरेका थिए । यसरी हेर्दा गत वर्षको छ महिनाको तुलनामा आत्महत्याको कुल सङ्ख्या घटेको देखिन्छ ।

तथ्यांक अनुसार मङ्सिर महिनाको तुलनामा र पुसमा आत्महत्याको सङ्ख्या घटेको केहि घटेकाे देखिन्छ । त्यस्तै कात्तिकमा सबैभन्दा बढी ६ सय २८, मङ्सिरमा ४ सय ७१ र पुसमा ४ सय २५ जनाले आत्महत्या गरेकोमन्त्रालयले जनाएको छ ।