Advertisement Banner
Advertisement Banner

०४ शनिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

भृकुटीमण्डपमा ‘रिभ्याम्प नेपाल’ प्रदर्शनी हुने

०६ मंगलबार , फाल्गुण २०८१३ महिना अगाडि

भृकुटीमण्डपमा ‘रिभ्याम्प नेपाल’ प्रदर्शनी हुने

काठमाडौँको भृकुटीमण्डपमा ‘रिभ्याम्प नेपाल’को छैटौं सँस्करण हुने भएको छ ।​ फागुन १० गते शनिबार नेपालका साना तथा मझौला व्यवसाय (एसएमई) तथा स्टार्टअपहरूलाई प्रवर्द्धन गर्दै आएको ‘रिभ्याम्प नेपाल’ छैटौं सँस्करण गर्ने भएको हो ।

फागुन १० गते शनिबार हुने रिभ्याम्प नेपाल २०२५, को छैटौं सँस्करण नेपालकै सबैभन्दा ठूलो स्टार्टअप तथा व्यापार प्रदर्शनी बनाउने तयारी भइएको आयोजकले जनाएको छ ।​ आयोजकका अनुसार यसपटक सातै प्रदेशमा प्रदेश सँस्करणहरू समेत सञ्चालन गरिने बताइएको छ ।

सातै प्रदेशमा प्रदेश सँस्करणहरू संचालन हुँदा नेपालभरका व्यवसायी तथा स्टार्टअपहरूलाई सहयोग हुने विश्वास गरिएको छ । साथै, ‘रिभ्याम्प नेपाल’ले नेटवर्किङ, लगानी र फ्रेन्चाइजिङ अवसरहरू प्रवर्द्धन गर्ने लक्ष्य समेत लिएको छ ।

आयोजकले यस वर्षको सँस्करणमा १ सय ५० भन्दा बढी स्टार्टअपहरू सहभागी हुने र १० हजारभन्दा बढी दर्शकहरू उपस्थित हुने अनुमान गरेको छ । यसअघि सन् २०२१ मा सुरु भएको रिभ्याम्प नेपालले नेपालका स्टार्टअप तथा एसएमईका लागि बजार पहुँच, व्यवसाय वृद्धिका अवसर तथा नयाँ लगानीकर्तासँगको सम्पर्क जोड्ने पुलको काम गर्दै आएको छ ।

यसअघिको पाँच सफल सँस्करणपछि यस पटकको छैटौं इभेन्टलाई अझ भव्य बनाउने लक्ष्य सहित कार्यक्रम आयोजना गर्न लागिएको हो । नेपालका स्टार्टअप र एसएमईलाई नयाँ उचाइमा पुर्‍याउने यो महत्त्वपूर्ण इभेन्टमा सहभागी हुन आयोजकले सबैलाई आह्वान समेत गरेको छ ।