Advertisement Banner
Advertisement Banner

०४ शनिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

वडाध्यक्ष सुखवीर नेम्वाङको निधन

०७ बुधबार , फाल्गुण २०८१३ महिना अगाडि

वडाध्यक्ष सुखवीर नेम्वाङको निधन

पाँचथर जिल्लाको फाल्गुन्द गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष सुखवीर नेम्वाङको निधन भएको छ । वडाध्यक्ष नेम्वाङको आज बिहान फाल्गुनन्द-३, पौवासार्तापस्थितआफ्नै निवास निधन भएको हो ।

दुई साताअघि भक्तपुर क्यान्सर अस्पतालबाट घर फर्किएका नेम्वाङको निधन भएको फाल्गुन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले जनाएका छन् । ५६ वर्षीय  नेम्वाङ लाामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए ।

नेपाली कांग्रेस फाल्गुनन्द गाउँपालिका सभापति समेत रहेका भएका नेम्वाङ २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा फाल्गुनन्द ३ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।