Advertisement Banner
Advertisement Banner

०४ शनिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

केआईआईटी विश्वविद्यालयका महानिर्देशकसहित पाँच जना पक्राउ

०७ बुधबार , फाल्गुण २०८१३ महिना अगाडि

केआईआईटी विश्वविद्यालयका महानिर्देशकसहित पाँच जना पक्राउ

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि नेपाली विद्यार्थीहरु माथि भएको दुर्व्यवहारमा संलग्न भएको भन्दै भारतको ओडिसा प्रहरीले केआईआईटी विश्वविद्यालयका महानिर्देशकसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, कलेजका प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक ५९ वर्षीय सुधीरकुमार राठ छन् ।

पक्राउ लगत्तै उनीहरूलाई अदालतमा पेस गरिएको बताइएको छ । त्यसैगरी सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरा पनि प्रहरी नियन्त्रणमा लिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

चौतर्फी विरोध र दबाबपछि कलेजले माफी मागे पनि उनीहरू घटनामा जिम्मेवार रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो । यसअघि कलेजले २ सुरक्षा गार्डलाई बर्खास्त र ३ कर्मचारीलाई निलम्बन गरेको थियो ।

दूतावासले घटनाबारे बुझ्न दूतावासका प्रतिनिधि सञ्जीव शर्मा दास र नवीनराज अधिकारीलाई केआईआईटी विश्वविद्यालय पठाएको थियो । हिँजो दिउँसो भुवनेश्वर पुगेका नेपाली दूतावासका अधिकारीहरुसँग विद्यार्थीहरुले छात्रावासमा आफूहरुमाथि जे पनि हुन सक्ने भन्दै सुरक्षित नभएको बताएका थिए ।

यता विश्वविद्यालयले विद्यार्थीको सुरक्षालाई प्राथमिकता दिने जनाएको भएपनि कुटिँदै लखेटिएका विद्यार्थी सुरक्षाप्रति निश्चिन्त हुन सकेका छैनन् । सम्पर्कमा आएका विद्यार्थीहरुका अनुसार विश्वविद्यालयले छात्रावासमा फर्कन बारम्बार आह्वान गरे पनि मंगलबार साँझसम्म जम्मा ३९ जना विद्यार्थी मात्र फर्किएको बताइएको छ ।