Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

पोशाकमै भिडियो बनाउने कर्मचारीहरुलाई विभागीय कारवाही

०७ बुधबार , फाल्गुण २०८१एक बर्ष अगाडि

पोशाकमै भिडियो बनाउने कर्मचारीहरुलाई विभागीय कारवाही

सशस्त्र प्रहरी बल नेपालले संगठनको निर्देशन विपरीत सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्बिर तथा भिडियो बनाई अपलोड गरेका भन्दै विभागीय कारवाही गरेको छ । प्रहरी बलले १ सय २० जना कर्मचारीलाई विभागीय कारवाही गरेको हो ।  

सामाजिक सञ्जालमा विभिन्न क्रियाकलाप गरेको तस्बिर तथा भिडियो बनाई अपलोड गरेका भन्दै १ सय २० जना कर्मचारीलाई कारबाही गरिएको जनाएको छ । 

उनीहरूले सशस्त्र प्रहरी बल नेपालको पोशाक लगाई भिडिओ तथा तस्बिर खिचेर व्यक्तिगत प्रोफाइलमा रहेको फेसबुक, प्यासेन्जर, ट्विटर (एक्स), इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, वीच्याट लगायतका सामाजिक सञ्जालमा अपलोड गरेकाले कारबाही गरेको बताइएको छ ।

विभागीय कारबाहीमा पर्नेहरूमा सशस्त्र प्रहरी नायव निरीक्षक ४ जना, सहायक निरीक्षक ५ जना, वरिष्ठ हवल्दार ६ जना, हवल्दार ३ जना, सहायक हवल्दार ९ जना, जवान ९१ र परिचर २ जना रहेका छन् ।