Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

आज पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोह हुँदै

०८ बिहिबार , फाल्गुण २०८१एक बर्ष अगाडि

आज पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोह हुँदै

आज पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोह हुँदैछ । पोखरा महानगरपालिकाको ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा २० औं दीक्षान्त समारोह हुन् लागेको हो ।

विश्वविद्यालयको २० औं दीक्षान्त समारोहमा विभिन्न तह र विषयका सात हजार ८ सय ७२ जना विद्यार्थी दीक्षित हुँदैछन् । उक्त दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति तथा नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थिति रहेको छ । 

दीक्षान्त समारोहका लागि प्रधानमन्त्री ओली बिहान १० बजे नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा प्रस्थान गरेका थिए भने समारोहमा शिक्षाविद् जर्ज जोनले दीक्षान्त मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको विश्वविद्यालयका डिन डा. अजय थापाले जानकारी दिएका छन् ।