Advertisement Banner
Advertisement Banner

०३ शुक्रबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

भक्तपुरमा मोटरसाइकल दुर्घटना एककाे मृत्यु

०९ शुक्रबार , फाल्गुण २०८१३ महिना अगाडि

भक्तपुरमा मोटरसाइकल दुर्घटना एककाे मृत्यु

गएराति भक्तपुरकाे सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विपरीत दिशाबाट आएका तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा रामेछाप सुनापाति गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरले जनाएकाे छ । गम्भीर घाइते भएका निजको इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा सूर्यविनायक नगरपालिका–९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर रहेकाे र उनकाे ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । दुर्घटनामा घाइते भएका रामेछाप मन्थली नगरपालिका–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ उपचारपछि घर फर्केका छन् ।