Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

नेपाल टेलिकममा झन्डै छ दर्जन कर्मचारी माग

०९ शुक्रबार , फाल्गुण २०८१एक बर्ष अगाडि

नेपाल टेलिकममा झन्डै छ दर्जन कर्मचारी माग

नेपाल टेलिकमले विभिन्न पदका लागि झन्डै ६ दर्जन कर्मचारी माग गरेको छ । टेलिकमले एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि ६९ जना कर्मचारी माग गरेको हो ।

टेलिकमले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनका लागि कर्मचारी माग गरेको सुचनामा उल्लेख गरेको छ । सुचनाअनुसार इच्छुक नेपाली नागरिकले फागुन २९ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर चैत ७ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ ।

इच्छुक नेपाली नागरिकले www.ntc.net.np वा recruit.ntc.net.np वेबसाइटमा गएर अनलाइनमार्फत् आवेदन दिन सकिने छ ।