Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

प्रहरीमा एक दर्जन इन्स्पेक्टर सरुवा

१२ सोमबार , फाल्गुण २०८१एक बर्ष अगाडि

प्रहरीमा एक दर्जन इन्स्पेक्टर सरुवा

नेपाल प्रहरीमा एक दर्जन प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनिहरूलाई डीएसपी बढुवा भएपछि रिक्त रहेकाे कार्यालयमा काज सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयले उनीहरुको आवश्यकता अनुसार काज सरुवा गरेको हो । कार्यालयले प्रहरी निरीक्षकहरुलाई अर्को आदेश नभएसम्मको लागि खटिएको स्थानमा अबिलम्ब हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयकाे सुचना अनुसार बिमल प्रसाद उप्रेती, गम्भीर जंग थापा,  सोनु कुमार साह, नितेश कुमार सिंह, सिताराम बिष्ट, प्रमानन्द भट्ट, योगेन्द्र कुमार राई, मिलन पाण्डेय, चक्र बहादुर देउवा,गजेन्द्र राय, नन्दराज जैसी र व्यापक चन्द्र साहकाे काज सरुवा गरिएको हो ।

काज सरुवा अन्तर्गत प्रहरी प्रभाग पुल्चोकमा इन्सपेक्टर गम्भीर जङ थापाको सरुवा भएको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा नितेशकुमार सिंहको काज सरुवा गरिएको छ ।