
हिँजाे साँझ बागलुङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । लु ३ च ५५६९ नम्बरको पिकअप जिप दुर्घटना हुँदा निसीखोला गाउँपालिका-७ चोलाङ बस्ने ७५ वर्षीय खड्कबहादुर कुवँर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परि पाँचजना घाइते भएका छन् । बागलुङकाे बडिगाड गाउँपालिक-७, भिमगिठेबाट यात्रु लिएर जिप दर्लिङतर्फ जाँदै गरेको बेला दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायक उपरीक्ष विजय यादवले जानकारी दिएका छन् ।
उकालोमा समस्या देखिएपछि जिप रोकेर ओत लगाउने क्रममा पछाडी सरेर दुर्घटना भएको बताइएकाे छ । उक्त दुर्घटनामा परि बडिगाड-९ बस्ने ६३ वर्षीया तेजकुमारी बुढा, सोही ठाउँका ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया थमकुमारी पौडेल र ३० वर्षीया सीता पौडेललगायत घाइते भएको जनाइएकाे छ ।