Advertisement Banner
Advertisement Banner

०३ शुक्रबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

महाशिवरात्रि मेला तयारी पूरा

१३ मंगलबार , फाल्गुण २०८१३ महिना अगाडि

महाशिवरात्रि मेला तयारी पूरा

काठमाडाैँकाे पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । यहि फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले हिँजाे एक पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएकाे हाे ।

हरेक वर्ष झैँ यसवर्ष पनि भालि फागुन १४ गते पशुपतिनाथमा महाशिवरात्रि मेला लाग्दैछ । उक्त मेलाका लागि कोषले भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको समेत जानकारी गराएकाे छ ।

महाशिवरात्रिकाे अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि १० उपसमिति गठन गरिएको प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले जानकारी दिएका छन् । उनले दर्शन गर्न आउने भक्तजनलाई सहज रूपमा दर्शन गराउने प्रयास रहेको समेत बताएका छन् ।

त्यस्तै दर्शनार्थिकाे अवस्थालाइ मध्यनजर गर्दै पशुपतिनाथ प्रवेश गर्न बाहिर चार वटा लाइन र भित्र पुगेपछि पश्चिम ढोका र उत्तर ढोका तीन/तीन र पूर्व र दक्षिण ढोकामा दुई/दुई वटा लाइनकाे व्यवस्था गरिएको छ । साथै, फागुन १४ गते बिहान २ बजेर ३० मिनेटदेखि फागुन १५ गते बिहीबार ६ बजेसम्म दर्शनका लागि ढोका खुला रहने बताइएकाे छ ।

समितिले मेलाका लागि पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध मिलाएको छ भने सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाएकाे बताएकाे छ ।