
आज बिहान काठमाडौंबाट रामेछाप तर्फ जाँदै गरेको बस काभ्रेमा दुर्घटना भएको छ । अरनिको यातायातको प्रदेश ३, ००१–००५ ख ९९४२ नम्बरको बस आज बिहान विपि राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
आज बिहान काभ्रेको धुलिखेल नगर पालिका-१०, सारादा बतासेमा दुर्घटना भएको हो । बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना हुँदा बसमा सवार चालक र सह–चालकसहित १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
बस दुर्घटनामा घाइते भएकाहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने उक्त बसमा २४ जना यात्रु सवार रहेका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घाइतेहरूमध्ये बसका चालक र सह–चालकको अवस्था गम्भीर रहेको बताइएको छ ।