Advertisement Banner
Advertisement Banner

०३ शुक्रबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

शिक्षा मन्त्री भट्टराईको टिचिङमा उपचार हुँदै

१३ मंगलबार , फाल्गुण २०८१३ महिना अगाडि

शिक्षा मन्त्री भट्टराईको टिचिङमा उपचार हुँदै

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । मन्त्री भट्टराईको स्वास्थ्यमा समस्या देखिएपछि चार दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेकी हुन् ।

केहि दिनदेखि बिरामी परेकी भट्टराई चार दिन देखि अस्पतालमा उपचाररत रहेको मन्त्री भट्टराईको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उनको घाँटीमा समस्या देखिएकोले चार दिन देखि अस्पतालमा उपचाररत रहेको बताइएको छ ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेकी  मन्त्री भट्टराईलाई भेट्न  आज बिहान स्वास्थ्यमन्त्री प्रदीप पौडेल अस्पताल पुगेका थिए  ।