
पूर्वराजा ज्ञानेन्द्र शाह कुलदेवताको पूजाका लागि स्याङ्जा पुगेका छन् । आफ्नी बहिनी र छोरीको साथमा कुलदेवताको पूजाका लागि पूर्वराजा ज्ञानेन्द्र स्याङ्जा पुगेका हुन् ।
हिँजो स्याङ्जाको वालिङमा बसेका पूर्वराजा ज्ञानेन्द्र शाहवंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि कालीगण्डकी गाउँपालिका–३ पुगेको उनको सचिवालयले जनाएको छ । आज आलमदेवी मन्दिरमा रुद्रीपूजनसहित पूजाअर्चना गरेपछि उनी फर्किने कार्यक्रम रहेको बताइएको छ ।
आज बिहान स्याङ्जाको वालिङमा उपस्थित पूर्वराजा ज्ञानेन्द्र समर्थकहरूले ‘राजा आउ देश बचाउ’ भन्दै नारा समेत लगाएका थिए ।