Advertisement Banner
Advertisement Banner

३० सोमबार, असार २०८२16th June 2025, 6:20:04 am

केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना

१४ बुधबार , फाल्गुण २०८१५ महिना अगाडि

केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना

आज देशकाे केही भूभागमा आंशिक बदलीदेखि चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाइएकाे छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने बताइएकाे छ ।

त्यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ । त्यसैगरि राति देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।

अहिले देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेकाले राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ ।