
सनातन धर्मावलम्बीहरूले श्रद्धा र भक्तिपूर्वक शिवको पूजा-आराधना गरि महाशिवरात्रि मनाउँदै छन् । फाल्गुण कृष्ण चतुर्दशी अर्थात् महाशिवरात्रिकाे अवसरमा देशभरका शिवकाे मन्दिरमा शिवको पूजा-आराधना गरि महाशिवरात्रि मनाउन लागिएकाे हाे ।
महाशिवरात्रिको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान् शिवको पूजा-आराधना गर्ने परम्परा छ । यसरी शिवको पूजा-आराधना गर्दा शिव भगवान प्रशन्न हुने र भक्तहरूकाे कल्यान गर्ने धार्मिक मान्यता रहेकाे पाइन्छ ।
महाशिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, भक्तपुरको डोलेश्वर, सिन्धुलीको कुशेश्वर र सिन्धुपाल्चोकको फटकेश्वरलगायत देशभरका शिवालयहरूमा पूजा-आराधनाका लागि दर्शनार्थीको भिड लग्ने गर्दछ । नेपाल मात्र नभइ भारतमा समेत महाशिवरात्रि धुमधामसँग मनाइन्छ ।
यस अवसरमा काठमाडौंकाे पशुपतिनाथको दर्शन गर्न नेपाल मात्र नभइ छिमेकी राष्ट्र भारतबाट समेत उल्लेख्य मात्रमा श्रद्धालु भक्तजन आउने गरेका छन् । उनिहरूका लागि पशुपति क्षेत्र विकास कोषले भोजन तथा बासको व्यवस्था समेत गर्ने गरेकाे छ ।