
धादिङको गुप्तेश्वरी मन्दिरमा पानी लगेर गएकाे ट्यांकर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मन्दिरमा पानी लिएर गएको बागमती प्रदेश ०१-००४ क ३३५२ नम्बरको ट्याङकर ब्याक गर्ने क्रममा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार धादिङको गल्छि गाउँपालिका-३ गुप्तेश्वरी मन्दिरमा आदमघाटबाट पानी लिएर गएकाे ट्यांकर दुर्घटना भएकाे बताइएकाे छ ।
ट्यांकर दुर्घटनामा परि गम्भिर घाइते भएका गजुरी गाउँपालिका-६ का १८ वर्षिय प्रशान्त चेपाङ र २० वर्षिय जयराम चेपाङको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारकाे क्रममा मृत्यु भएको हो । ट्याङकर ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको थियाे ।
उक्त दुर्घटनामा गजुरी गाउँपालिका-६ का १९ वर्षिय सिरिश चेपाङ र १७ वर्षिय सुरेस चेपाङको धादिङ अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएकाे छ । ट्याङकर चालक गजुरी गाउँपालिका- ६ का २३ वर्षिय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएकाे छ ।