Advertisement Banner
Advertisement Banner

०३ शुक्रबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

गुल्मीकाे ७ स्थानीय तहमा सार्वजनिक बिदा

१४ बुधबार , फाल्गुण २०८१३ महिना अगाडि

गुल्मीकाे ७ स्थानीय तहमा सार्वजनिक बिदा

गुल्मी जिल्लाकाे ७ वटा स्थानीय तहले फागुन १५ गते सार्वजनिक बिदा दिएकाे छ । उक्त स्थानीय तहहरूले मगर एकता दिवसको अवसर पारेर सार्वजनिक बिदा दिएका हुन् ।  

गुल्मी जिल्लाकाे १२ वटा स्थानीय तह मध्ये ७ वटा स्थानीय सरकारले ४३औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा कालीगण्डकी, चन्द्रकोट, सत्यवती, गुल्मीदरबार, छत्रकोट, मालिका गाउँपालिका र रेसुङ्गा नगरपालिकाले १५ फागुनमा सार्वजनिक बिदा दिएकाे हाे ।

राष्ट्रिय मगर एकता दिवसको अवसरमा ७ वटा स्थानीय तहले छुट्टा–छुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् । सार्वजनिक बिदा दिएका स्थानीय तहमा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिइएको जनाइएकाे छ ।