Advertisement Banner
Advertisement Banner

०३ शुक्रबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा नेपाल म्यानमारसँग भिड्दै

१४ बुधबार , फाल्गुण २०८१३ महिना अगाडि

अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा नेपाल म्यानमारसँग भिड्दै

काठमाडौंकाे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ६ बजे नेपाल र म्यानमारले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल खेल्दै छन् । यसअघिकाे खेलमा २ २ गाेल गरेर बराबरीकाे नतिजा निकालेका दुवै टाेलिले आज फाइनल खेल खेल्न लागेका हुन् ।

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुने खेलमा आज बिदाको दिन परेकाले फाइनल हेर्न ठूलो संख्यामा दर्शकको उपस्थिति हुने समेत अनुमान गरिएकाे छ । नेपाल र म्यानमारबीच हालसम्म ५ खेल भएकाेमा ३ खेल म्यानमारले जित्दा २ खेल बराबरीमा सकिएको छ ।

नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सहित चार राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका थिए । यसअघि नेपाल र म्यानमारले लेबनान र कीर्गिस्तानलाई हराएका थिए ।

यसअघि नेपाली टिमले १२ पटक फाइनल खेलेपनि जित निकाल्न सकेकाे छैन भने यसपटक घरेलु मैदानमा जितेर निकालेर रेकर्ड ताेड्ने गरि मैदान उत्रने तयारी गरेकाे छ । त्यसका लागि नेपालले वरियतामा आफू भन्दा ४८ स्थान माथि रहेको टिम म्यानमारलाई हराउन पर्नेछ ।