Advertisement Banner
Advertisement Banner

०३ शुक्रबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

त्रिविले किटबाट फिर्ता नेपाली विद्यार्थीलाई भर्ना गर्ने

१४ बुधबार , फाल्गुण २०८१३ महिना अगाडि

त्रिविले किटबाट फिर्ता नेपाली विद्यार्थीलाई भर्ना गर्ने

भारतको उडिसा राज्यकाे केआईआईटी कलेजमा भएकाे समस्याकाे कारण स्वदेश फर्किएका विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले भर्ना गर्न सकिने जनाएको छ । त्रिविले एक विज्ञप्तिले जारी गर्दै स्वदेश फर्किएका विद्यार्थीले चाहेमा भर्ना गर्न सकिने स्पष्ट पारेकाे हाे ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष खड्ग केसीले आज विज्ञप्ति जारी गर्दै केआईआईटीमा भएको समस्याको कारणले स्वदेश फिर्ता भएका नेपाली विद्यार्थीहरूलाई भर्ना गर्न सकिने बताएका हुन् । उनले स्वदेश फिर्ता नेपाली विद्यार्थीहरूले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा क्रेडिट ट्रान्सफर नीति अनुरुप भर्ना गर्न सकिने उल्लेख गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘त्रिविले भारतको उडिसा राज्यको भुवनेश्वर स्थित किट मा श्रृजना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीहरूले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा क्रेडिट ट्रान्सफर नीति अनुरुप भर्ना गर्न सकिने सम्बन्धित सबैका लागि जानकारी गराइन्छ ।’