Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

दुई दिने डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरू

१५ बिहिबार , फाल्गुण २०८१एक बर्ष अगाडि

दुई दिने डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरू

आजदेखि काठमाडाैँमा दुई दिने डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरू हुँदैछ । काठमाडौंको बुढानीलकण्ठमा हुने उक्त सम्मेलनकाे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।

डिजिटल अपराध अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउने उदेश्यले अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्दै कानूनी, नीतिगत तथा संस्थागत सुधारको मार्गचित्र तय गर्न सम्मेलन सुरू गर्न लागिएकाे महान्यायाधीवक्ता रमेश बडालले जनाएका छन् ।

सम्मेलनमा नेपालसहित, संयुक्त राज्य बेलायत, नेदरल्याण्ड्स, मलेसिया, साउदी अरेबिया, सिंगापुर, माल्दिभ्स, दक्षिण कोरिया, अजरबैजान, भारत, चीन, श्रीलंका, नर्वे र रुस लगायत १३ राष्ट्रका ९० भन्दा बढी सरकारी वकिल, कानून विज्ञ, न्यायाधीश तथा सम्बन्धित निकायका उच्च अधिकारीहरुको सहभागिता रहने बताइएकाे छ ।