Advertisement Banner
Advertisement Banner

२८ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

१५ बिहिबार , फाल्गुण २०८१९ महिना अगाडि

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

हिँजाे साँझ मोटरसाइकलको ठक्करबाट मकवानपुरमा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका हेटौंडा–६ का ६१ वर्षीय कमल बहादुर बोहोराको चितवनको नयाँ मेडिकल कलेजमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।  

मकवानपुर प्रहरीका अनुसार हेटौंडा उपमहानगर पालिका सल्लाघरीमा ना ५४ प १८७६ नम्बरको मोटरसाइकलले पैदल यात्री बोहोरालाई ठक्कर दिएको थियो ।

 उनलाई उपचारका लागि चितवनको नयाँ मेडिकल कलेज पठाइएकोमा राित १ : ४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने हेटौंडा–६ का मोटरसाइकल चालक बिदुर सापकोटा फरार रहेको र खोजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।