
मुगुकाे राराताल किनारमा रहेकाे एक होटेलमा गएराति आगलागी हुँदा चारवटा भवन जलेकाे छ । आगलागीका कारण हाेटलकाे चारवटा भवन जलेकाे प्रहरीले जनाएकाे छ ।
आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको टोली रारा पुगेको थियो । काठै काठको संरचना भएकाले आगलागीबाट भवनकाे क्षति भएकाे र नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बिहान आगो नियन्त्रणमा लिएका थिए ।
होटेलको भान्साबाट आगलागी शुरु भएको र आगोका कारण ग्यास सिलिण्डर पड्किएर अन्य तीनवटा भवनमा समेत क्षति पुगेको प्रहरीले जनाएकाे छ । प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेकाे होटल,सेनाको ब्यारेक र निकुञ्ज कार्यालयमा सारिएको बताइउकाे छ ।