Advertisement Banner
Advertisement Banner

०३ शुक्रबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

विमानस्थलबाट साढे तीन किलो सुनसहित चारजना पक्राउ

१५ बिहिबार , फाल्गुण २०८१३ महिना अगाडि

विमानस्थलबाट साढे तीन किलो सुनसहित चारजना पक्राउ

काठमाडाैँकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन किलो सुनसहित चारजना पक्राउ परेका छन् । दुबईबाट फ्लाई दुवईको एफजेड ५७५ उडान मार्फत काठमाडौं आएका उनिहरूलाई चेकजाँच सकेर भन्सारबाट पास भइसकेका नेपाल प्रहरीको सादा पोशाकका प्रहरीले पक्राउ गरेको हाे ।

दुबईबाट काठमाडौं आएका तीन महिला र एक विदेशी पुरुष साढे तीन किलो सात सय ७५ ग्राम सुनसहित पक्राउ परेका थिए । हिँजाे साँझ उज्वेकिस्तानका नागरिकहरुलाई प्रहरीले सुन सहित पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एएसपी सोमेन्द्र सिंह राठौंरले जनाएका छन् ।

पक्राउ परेका उनीहरुले मलद्वारामा सुन लुकाएर ल्याएको बताइएकाे छ । अहिले उनीहरु गौशाला प्रहरी हिरासतमा राखिएको प्रहरीले बताएकाे छ ।