
भारतकाे महाकुम्भ मेलामा ६६ करोडभन्दा बढीले गंगा नदीमा स्नान गरेका छन् । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा गत पुस २९ गतेदेखि लागेकाे उक्त महाकुम्भ मेलामा ६६ करोड २१ लाखभन्दा बढीले गंगामा स्नान गरेको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सामजिक सञ्जल मार्फत जानकारी गराएका छन् ।
पुस २९ गतेदेखि सुरू भएकाे महाकुम्भ मेला ४५ दिनपछि महाशिवरात्रिको दिनदेखि औपचारिक रुपमा समापन भएको छ । मेला समापना भएपनि मेलास्थल खाली हुन भने अझै एक हप्ताभन्दा बढी लाग्ने बताइएकाे छ ।
मेलाकाे अन्तिम दिन हिँजाे महाशिवरात्रिको दिन मात्रै करिब डेढ करोडले गंगामा स्नान गरेका थिए भने शिवरात्रिको दिन भारतीय वायुसेनाले श्रद्धालुहरुमाथि पुष्पवृष्टि गर्दै एयर शो प्रदर्शन गरेको थियो । महाकुम्भ मेला हिँजाे महाशिवरात्रिको दिनदेखि सकिएकाे छ ।