
गएराति सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ । गएराति २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर भूकम्प गएको हाे ।
सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु बनाएर ६ दशलमव १ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ । उक्त भूकम्पकाे धक्का राजधानी काठमाडौँ र आसपासका स्थानमा महसुस गरिएको थियो ।
भूकम्पको क्षतिको विस्तृत आइनसकेको भएपनि भूकम्पका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३, दुगुनागढीमा सुख्खा पहिरो गएको बताइएकाे छ । भूकम्पको धक्का पूर्वमा झापादेखि पश्चिममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा समेत महशुस गरिएको थियाे ।