
शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसारकाे अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएकाे छ । शेर्पा जातिको बसाइँसराइसँगै विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने याे पर्व हाल २२ जिल्लामा मनाउने गरिएकाे छ ।
ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाउने गरिन्छ । ग्याल्पो ल्होसारकाे अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले यस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने धारणा व्यक्त गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न राजनैतिक दलका नेताहरूले २१५२औँ ग्याल्पो ल्होसारकाे शुभकामना दिएका छन् ।