Advertisement Banner
Advertisement Banner

३० सोमबार, असार २०८२16th June 2025, 6:20:04 am

माैसम बदलीसँगै वर्षा र हिमपात

१६ शुक्रबार , फाल्गुण २०८१५ महिना अगाडि

माैसम बदलीसँगै वर्षा र हिमपात

अहिले मुलुमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशकाे माैसम बदली भएकाे र बाँकी प्रदेशहरूमा समेत बदली भइरहेकाे जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

त्यस्तै आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा बदली हुने र बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने र तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे छ । त्यसैगरि उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाे बताइएकाे छ ।

मुलुकभरूकाे माैसम बदलीसँगै डाेल्पामा हिँजाेदेखि वर्षासँगै हिमापत सुरू भएकाे छ भने लामो समयपछि वर्षासँगै हिमपात भएपछि त्यहाँका कृषक र स्थानीय बासिन्दा खुशी भएका छन् । अहिले डोल्पा लगायत हिमाली जिल्लामा हिमपातसँगै वर्षासँगै हिमपात भइरहेको छ भने हिउँसँगै पानी लगातार परिरहेकाे चिसो बढेसँगै यसपटक डोल्पाकाे मुख्य आम्दानीको स्रोत मानिने यार्चागुम्बु उत्पादनमा फाइदा पुग्ने बताइएकाे छ ।

यार्चागुम्बु र अन्य बहुमुल्य जडिबुटीहरूको उत्पादनले डोल्पाको अर्थतन्त्रमा महत्वपूर्ण स्थान ओगटेको छ । डोल्पामा पानी र हिउँ परेपछि स्याउ, ओखर, गहुँ, जौ, तोरी लगायतका बालीहरू र फलफूल खेती राम्रो उत्पादन हुन्छ ।