Advertisement Banner
Advertisement Banner

०३ शुक्रबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

अनाथ बालबालिकालाई नि:शुल्क पठनपाठन सहित आवासीय सुविधा

१६ शुक्रबार , फाल्गुण २०८१३ महिना अगाडि

अनाथ बालबालिकालाई नि:शुल्क पठनपाठन सहित आवासीय सुविधा

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले अनाथ बालबालिकालाई नि:शुल्क पठनपाठन सहित आवासीय सुविधाको व्यवस्था गरेको छ । गाउँपालिकाले अनाथ बालबालिकालाई छात्रावास सञ्चालन गरेर खानेबस्ने व्यवस्थासहित नि:शुल्क पठनपाठनको व्यवस्था गरेको हो ।

पालिकाले बारपाक सुलिकोट गाउँपालिका-६, बाह्रकोटमा मनास्लु छात्रावास सञ्चालन गरेर अनाथ बालबालिकालाई नि:शुल्क पठनपाठन सहित आवासीय सुविधाको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी गराएका छन् ।

हाल गाउँपालिकाले सञ्चालन गरेको छात्रावासमा १९ जना अनाथ बालबालिका अध्ययनरत रहेको बताउदै उनीलाई कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिइने अध्यक्ष भट्टले बताएका छन् । उनले बालबालिकाका लागि आवश्यक पर्ने लत्ताकपडा, किताबकापी, कलमलगायतका सामग्री इच्छुक दाताहरूबाट सहयोग लिने गरेको समेत उल्लेख गरेका छन् ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा अनाथ बालबालिकाको लागि नि:शुल्क पठनपाठन तथा खानबस्नको लागि १२ लाख रुपयाँ विनियोजन गरेको थियो । उक्त छात्रवासमा दुई जना महिला कार्यालय सहयोगी, छात्रवास सुरक्षाका लागि सुरक्षाकर्मी र एक जना निरीक्षकको व्यवस्था गरिएको बताइएको छ ।