
सशस्त्र प्रहरी बल नेपालमा २८ जना प्रहरी निरीक्षकको माग गरिएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानव श्रोत विभाग, भर्ना तथा छनोट शाखा हलचोकले आज एक सूचना जारी गर्दै दरखास्त माग गरेको हो ।
आज जारी सूचनाअनुसार सशस्त्र प्रहरीको रिक्त रहेको साधारण समूह, कानुन उपसमूह र लेखा उपसमूहतर्फका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको उल्लेख गरिएको छ । सूचनामा योग्यता पुगेका इच्छुक व्यक्तिले फागुन १८ गतेदेखि चैत १९ गतेसम्म अनलाइन मार्फत दरखास्त दिन सकिने उल्लेख गरिएको छ ।
कानुन उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षक ८ जना, लेखा उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षक २० जना माग गरिएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानव श्रोत विभागले अनलाइनमार्फत दरखास्त दिए पनि चैत २२ गतेसम्म भौतिक रुपमै उपस्थित भएर सक्कलै दरखास्त बुझाउनुपर्ने समेत उल्लेख गरेको छ ।