Advertisement Banner
Advertisement Banner

०३ शुक्रबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

‘सिम्पल सम्मान–२०८१’ द्धारा व्यक्तित्वहरु सम्मानित

१८ आइतबार , फाल्गुण २०८१२ महिना अगाडि

‘सिम्पल सम्मान–२०८१’ द्धारा व्यक्तित्वहरु सम्मानित

जयराम बिडारी  -  -  -  -  -

फागुन १६, काठमाण्डौ . कला साहित्य तथा समाजसेवाका क्षेत्रमा उत्साहित युवाहरुको सक्रियतामा २७ वर्ष अघि स्थापना गरिएको सिम्पल आर्टसको आयोजनामा ‘सिम्पल सम्मान(२०८१’ बाट विशिष्ट व्यक्तित्वहरु सम्मनित भएका छन् ।

संस्थाका अध्यक्ष पुस्कर जंगमको अध्यक्षता तथा सम्पूर्ण उपस्थित अभ्यागतहरुको वैशिष्ट्यता मनन् गरी उनीहरुको प्रमुख आतिथ्यमा सिनामंगल स्थित टेष्ट अफ काठमाण्डौको सभाहलमा सम्पन्न उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको थियो । 

उक्त २७ औं वार्षिकोत्सवका अवसरमा नेपाली साहित्य,कला संस्कृति, गीत संगीत तथा समाजसेवामा विशिष्ट योगदान दिएका विशिष्ट व्यक्तित्वहरुलाई सिम्पल सम्मानद्धारा सम्मानित गरिएको थियो । सो अवसरमा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, बरिष्ठ गायिका लोचन भट्टराई, पत्रकार एवं साहित्यकार छविरमण सिलवाल,शिक्षासेवी शारदा ढुंगेल,समाजसेवी एवं प्रिन्सिपल ज्ञानेन्द्र भट्टराई र नव कलाकार अञ्जली महर्जनलाई प्रोत्साहित९सम्मानित० गरिएको थियो ।


नेपाली साहित्य,संस्कृति,संगीत,कला तथा समाजसेवामा २७ वर्षदेखि निरन्तर क्रियाशिल संस्था सिम्पल आर्टसले गरेको उक्त कार्यक्रममा सबै उपस्थित व्यक्तिहरुलाई प्रमुख अतिथि मानेर कार्यक्रम गरिएको थियो । सम्मानित व्यक्तित्वहरुलाई प्रमुख अतिथिको रुपमा रहेका सहभागीहरुबाट सम्मान गरिएको थियो । सो समारोहमा उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीले स्वागत मन्तव्यका क्रममा संस्थाहरु जन्मिनु भन्दा पनि ती संस्थाहरुले समाज उपयोगी कर्ममा कत्तिको निरन्तर योगदान दिन्छन् त्यो चाहीं महत्वपूर्ण कुरा रहेको बताउँदै सिम्पल आर्ट्सले विगत २७ वर्षदेखी समाजमा दिएको योगदानको प्रशंसा गरेका थिए । सो अवसरमा सिम्पल आर्टसका संस्थापक मध्यका एक केशव सान्दाईले संस्थागत गतिविधि अन्तर्गत स्वास्थ्य सेवा,साहित्यिक गतिविधि,पुस्तक प्रकाशन,टेलिचलचित्र, तथा सामाजिक संदेश मूलक चलचित्र अटिजम निर्माणका बारेमा उल्लेख गर्दै सम्मानित व्यक्तित्वहरुका बारेमा प्रकाशन पारेकाा थिए । 
उक्त कार्यक्रममा राष्ट्रिय सुसेली फाउण्डेनका अध्यक्ष दुर्गा अधिकारी ‘भमरकोटे’ ले सम्मानित व्यक्तित्वहरुमा समर्पित सुसेली प्रस्तुत गरी माहौलमा रौनकता थपिएको थियो । भने सम्मानित व्यक्तित्वहरुका तर्फबाट शिक्षासेवी शारदा ढुंगेलले मन्तव्य राख्दै जीवनको सम्पूर्ण जीवन शिक्षा क्षेत्रमा बिताउँदा कुनै दिन सम्मानित भइएला भन्ने नसोचिकन निरन्तर कर्म गर्ने क्रममा जीवनको उत्तरार्धमा आफ्ना पूर्व विद्यार्थीहरुको संस्था मार्फत सम्मानित हुन पाएकोमा अत्यन्त पुलकित रहेको बताइन् । यसैगरि साहित्यिक पत्रकार संघका निवर्तमान अध्यक्ष एवं साहित्यकार राधेश्याम लेकालीले सिम्पल आर्ट्सका कार्यक्रममा सक्रियताका साथ सहभागिता जनाउँदै आइरहेको बताउँदै सम्मानित व्यक्तित्वहरुलाई वधाई ज्ञापन गर्दै सम्मानित व्यक्तित्वहरुका आगामी दिन अझौ थप सर्जनात्मक रुपमा अघि बढोस् भनि शुभकामना दिएका थिए । उक्त कार्यक्रमको सहजीकरण  बिमल कोइरालाले गरेका थिए ।

सिम्पल आर्ट्स सामाजिक संस्थाबाट स्थापना कालदेखि हलसम्म सम्मानित प्रतिभाहरु

प्रथम सिम्पल सम्मान २०५५ मा वरिष्ठ चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा,वरिष्ठ संगीतकार विजयसिंह मुनाल, वरिष्ठ गायिका तीर्थकुमारी, वरिष्ठ कलाकार लक्ष्मी गिरी र शिक्षासेवी ईन्द्रप्रसाद शर्मालाई सम्मानित गरिएको थियो ।

दोश्रो सिम्पल सम्मान २०५६ 
वरिष्ठ चलचित्र निर्देशक प्रकाश थापा,वरिष्ठ सङ्गीतकार शक्ति वल्लभ, वरिष्ठ गायिका रचना जि।सि। वरिष्ठ कलाकार सुशीला रायमाझी , शिक्षासेवी गोपाल प्रसाद बाँसकोटा ।

तेश्रो सिम्पल सम्मान २०५७
वरिष्ठ चलचित्र निर्देशक अशोक शर्मा,वरिष्ठ कलाकार रवि गिरी, चर्चित गायक पुष्कर जङ्गम,गीतकार पुष्पलता आचार्य, विमान चालक  एल।वि। नेपाली ।

चौँथो सिम्पल सम्मान २०५८ 
वरिष्ठ साहित्यकार डा।रामदयाल राकेश,शिक्षासेवी  डा। राममान श्रेष्ठ,वरिष्ठ गायक माधवलाल श्रेष्ठ,वरिष्ठ कलाकार दीपाश्री निरौला,समाजसेवी शङ्कर पौडेल, 
आजीवन सदस्य र भिमकु‌मारी पोखरेल ।

पाचौँ सिम्पल सम्मान २०५९
वरिष्ठ चचित्र निर्देशक सुनिल पाण्डे,वरिष्ठ सङ्गीतकार दीपक जङ्गम, वरिष्ठ कलाकार गोपालराज मैनाली, वरिष्ठ गीतकार दिनेश अधिकारी,रेडियो सञ्चालिका सूर्यकुमारी पन्त,

छैठौं सिम्पल सम्मान २०६० 
वरिष्ठ गायक ओम विक्रम विष्ट,वरिष्ठ साहित्यकार केदार न्यौपाने, शिक्षासेवी प्रमिला सिंह,वरिष्ठ साहित्यकार वियोगी बुढाथोकी,उद्योगपति भरतप्रसाद ढकाल ।

सातौँ सिम्पल सम्मान २०६१ 
वरिष्ठ गायक  आनन्द कार्की, गजलकार ज्ञानुवाकर पौडेल,वरिष्ठ साहित्यकार विष्णुबहादुर सिंह,कलाकार सिरु विष्ट, पत्रकार शिशिर शर्मा, चर्चित गायक सिताराम पोखरेल,चलचित्र निर्देशक साकार खरेल,आजीवन सदस्य   कलाधर काफ्ले ।

आठौं सिम्पल सम्मान २०६२ 
वरिष्ठ चलचित्र निर्देशक नारायण पूरी, वरिष्ठ साहित्यकार दुवसु क्षेत्री, वरिष्ठ गायक गोपाल श्रेष्ठ, समाजसेवी सगुन शाह,अर्का समाजसेवी कृष्णबहादुर थापा र युवा व्यवसायी लिलेन्द्र प्रसाद प्रधान ।

नवौँ सिम्पल सम्मान २०६३ 
वरिष्ठ कलाकार शर्मिला मल्ल, साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ पत्रकार गोवर्धन पूजा,शिक्षासेवी डा। वावुराम पोखरेल,साहित्यकार मुक्तिनाथ शर्मा न्यौपाने लाई सम्मानित गरिएको थियो भने सोही वर्ष मिस्टर नेशनल ह्याण्डसम विशेष सम्मानद्वारा कलाकार सुलक्षण भारतीलाई सम्मानित गरिएकोा थियो ।

दसौँ सिम्पल सम्मान २०६४ 
वरिष्ठ गायक प्रकाश श्रेष्ठ, वरिष्ठ कलाकार अरुणिमा लम्साल,वरिष्ठ साहित्यकार गीता खरेल शिवाकोटी ,युवा व्यवसायी हरिबहादुर भण्डारी ,प्रधानाध्यापक वासुदेव शर्मा रिमाल ।

एघारौँ सिम्पल सम्मान २०६५ 
वरिष्ठ सङ्गीतकार शम्भुजीत बाँसकोटा,कलाकार झरना थापा ,पर्यटन व्यवसायी खुमबहादुर सुवेदी, साहित्यकार नारदमणि पौडेल,अर्का साहित्यकार बद्रीबहादुर कार्की, र 
समाजसेवी ईन्दु थापा ।

वाह्नौँ सिम्पल सम्मान २०६६ 
वरिष्ठ कलाकार गौरी मल्ल,वरिष्ठ सङ्गीतकार मधु क्षेत्री
युवा सङ्गीतकार राहुल प्रधान, लेखक मित्रसेन दाहाल,
समाचारवाचिका समा थापा ।

तेह्रौँ सिम्पल सम्मान २०६७ 
वरिष्ठ कलाकार मिथिला शर्मा,साहित्यकार लव गाउँले अर्का साहित्यकार व्याकुल पाठक,सङ्गीतकार राजु सिंह, 
पर्यटन व्यवसायी ईश्वरी पौडेल र समाचारवाचिका गृष्मा राजभण्डारी ।

चौधौं सिम्पल सम्मान २०६८ 
वरिष्ठ कलाकार करिश्मा मानन्धर, वरिष्ठ सङ्गीतकार बुद्ध सायमी , साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’अर्का साहित्यकार रत्नप्रकाश श्रेष्ठ ,पर्यटन व्यवसायी कुल बहादुर र समाचारवाचिका अनिता विन्दु ।

पन्ध्रौँ सिम्पल सम्मान २०६९ 
नाटक निर्देशक राजन खतिवडा, वरिष्ठ गायक कुन्ती मोक्तान,साहित्यकार ईन्द्रकुमार श्रेष्ठ ‘सरित’साहित्यकार मातृका पोखरेल,अर्का साहित्यकार किशनसिंह धामी ,
पर्यटन व्यवसायी मोहन लम्साल र समाजसेवी शंकर डङ्गोल ।

सोह्रौ सिम्पल सम्मान २०७० 
नेपाली चलचित्रका महानायक राजेश हमाल, वरिष्ठ साहित्यकार कृषु क्षेत्री,वरिष्ठ गीतकार श्यामा खरेल,चर्चित गायिका रुकमणी श्रेष्ठ,वरिष्ठ चित्रकार हेम पौडेल,र पर्यटन व्यवसायी मुक्ति पाण्डे ।

सत्रौँ सिम्पल सम्मान २०७१ 
चर्चित गायक सुवर्च देवकोटा,हास्य कलाकार मनोज आचार्य, सञ्चारकर्मी हरिशरण लामिछाने,वरिष्ठ साहित्यकार मणिराज सिंह र चित्रकार देवेन्द्र थुम्केली  ।

अठारौँ सिम्पल सम्मान २०७२
चर्चित नायिका माला लिम्बु,गीतकार रमेश अधिकारी,साहित्यकार जीवनाथ धमला, बालसाहित्यकार गङ्गा पौडेल र समाजसेवी राजेन्द्र कठायत ।

उन्नाइसौँ सिम्पल सम्मान २०७३
हास्य कलाकार शिवहरि पौडेल,पत्रकार किशोर श्रेष्ठ,साहित्यकार मीना सुवेदी,चर्चित गायक भोजराज प्रसाईं र समाजसेवी शर्मिला गुरुङ डङ्गोल । 
बिसौँ सिम्पल सम्मान २०७४ 
चर्चित गायक अमर तण्डुकार,चर्चित नायिका रविना थापा चलचित्र निर्देशक जनक दीप पराजुली,पत्रकार चेतनाथ धमला र साहित्यकार हरि मञ्जु़्रश्री ।

एक्काइसौँ सिम्पल सम्मान २०७५ 
वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ,कलाकार सुष्मा कार्की,पत्रकार बिदुर गिरी,साहित्यकार विधान आचार्य,चित्रकार अरुणा हिङ्माङ,नवोदित कलाकार र कुवेर दाहाल ।

बाइसौं सिम्पल सम्मान २०७६
गीतकार नारायणप्रसाद आचार्य,प्रशिक्षक दीपक थापा,शिक्षासेवी सङ्गीता श्रेष्ठ,नायिका रेजिना उप्रेती र कलाकार मिठुकृष्ण श्रेष्ठ ।

तेइसौँ सिम्पल सम्मान २०७७
साहित्यकार अशोक घिमिरे,लोकगायिका रामदेवी गुरुङ, सङ्गीतकार नरहरि प्रेमी,कलाकार सुशील पोखरेल र समाजसेवी शोभित उप्रेती ।

चौविसौँ सिम्पल सम्मान २०७८ 
निर्देशक, कलाकार सुवासप्रसाद गजुरेल,साहित्यकार वसन्त रिजाल,गायक तथा सङ्गीतकार भरत भट्ट, प्रधानाध्यापिका शान्तिकुमारी अधिकारी र गीतकार तथा कवि सुशीला पौडेल ।

पच्चीसौँ सिम्पल सम्मान २०७९
साहित्यकार ललिता दोषी,शिक्षासेवी शेषमणी भट्टराई,कलाकार निर्माता प्रज्ञा जोशी,पत्रकार केशवराज पाठक,र गायिका श्वेता उप्रेती ।

छब्बीसौँ सिम्पल सम्मान २०८०
कलाकार सरिता लामिछाने,साहित्यकार मधुसुदन प्रसाद घिमिरे,निर्माता एवं वितरक सरोज शर्मा,गायक तथा सङ्गीतकार सूर्य दयालु र शिक्षासेवी केदाप्रसाद तिमल्सिना लाई सम्मानित गरिएको थियो ।

सत्ताइसौँ सिम्पल सम्मान २०८१ 
वरिष्ठ कलाकार मदनदास श्रेष्ठ,वरिष्ठ गायिका लोचन भट्टराई,शिक्षासेवी शारदा ढुङ्गेल,पत्रकार एवं साहित्यकार छविरमण सिलवाल,शैक्षिक अभियन्ता एवं प्रिन्सिपल ज्ञानेन्द्र भट्टराई र नव कलाकार अञ्जली महर्जन गरी समाजका विभिन्न क्षेत्रमा क्रियाशील १४९ जना लब्धप्रतिष्ठित व्यक्तित्वहरु सिम्पल सम्मानद्वारा सम्मानित भइसकेको जनाइएको छ ।